Friday, 21st August, 2026
वि.स.

मकवानपुरमा बाम शिक्षक एकता कमिटि गठन

शिक्षकहरुकाे पेशागत संस्थाका कम्यूनिष्ट घटकहरुले बाम शिक्षक एकता कमिटि गठन गरेका छन् । अासन्न प्रतिनिधि सभा र प्रदेससभा चुनावलाई लक्षित गर्दै यस्ताे संयुक्त कमिटि गठन भएकाे नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष किशाेर बर्ताैलाले जानकारी दिनुभयाे ।

नेकपा एमाले जिल्ला कमिटि सदस्य एबम् शिक्षा विभाग प्रमुख पद्मा पाैडेलकाे अध्यक्षतामा भएकाे भलाले ११ सदसीय कमिटि गठन गरेकाे हाे । शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दहालकाे संयाेजकत्वमा गठित कमिटिमा भाेगेन्द्र लुईटेल सह संयमेजक रहनुभएकाे छ । सदस्यहरुमा जिधराज ढकाल, लक्षमी दुलाल, किशाेर बर्ताेला, पुरुषाेत्तम अाचार्य, केशब शर्मा, वसन्त राई, गाेकुल लम्साल, कृष्ण खनाल, मायाँ छतकुली, रहनुभएकाे छ ।

कार्यक्रममा शिक्षक नेताहरु तारानाथ खतिवडा, रमेश प्रसाद लामीछाने, डिल्लीराम सापकाेटा, माेहन शर्मा लगायतकाकाे अातिथ्यता रहेकाे थियाे ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif