Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा दुई भिन्दाभिन्दै घटनामा दुईको मृत्यू

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ खरङ्गामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । 

हेटौँडाबाट मनहरी तर्फ जाँदै गरेको ना ४३ प ७२ नम्बरको मोटरसाइकल र चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५ ख ४६५२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा मोटरसाइृकलमा सवार एक जनाको १० असोज साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा बारा रतनपुरका ३० बर्षीय सूर्य स्यांतान रहेका छन् । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बारा बस्ने १८ बर्षीया बिनिता स्यांतान घाइते भएकी छिन् । उनको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच मकवानपुरको भीमफेदीको त्रिखण्डी मन्दिर नजिक खोलामा नुहाउने क्रममा खोलाले बगाएर किशोरीको मृत्यु एको छ ।

परिवार सहित मन्दिर गएका मध्यमा तीन जना नुहाउने क्रममा खोलाले बगाउँदा विरगंज घर भएकी हेटौंडा बस्ने १८ वर्षीया प्रियका सोनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिल सिंह राठोरले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०