Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

corona-Update-1599054627.jpg

मकवानपुरमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्यमा सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । संक्रमित मध्यमा ७ जना महिला र १५ जना पुरुष रहेका छन् ।

एक जना मकवानपुरगढीका र एक जना हेटौंडामा कार्यरत जिल्ला बाहिर घर भएका रहेका छन् । अरु २० जना हेटौंडाका संक्रमित रहेको जनस्वास्थ्य निरिक्षक भोला चौला चौलागाईले बताए ।

यही भदौ १५ गते हेटौंडाको कर्रामा रहेको स्वाब संकलन केन्द्रबाट १ सय १८ जनाको स्वाब संकलन गरिएको थियो । उनीहरु मध्यमा २२ जना कोरोना संक्रमित भएका हुन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif