Thursday, 20th August, 2026
वि.स.

मकवानपुरमा चट्याङले एकको मृत्यु, एक घाइते

चट्याङ लागेर कमकवानपुरमा एकजनाको ज्यान गएको छ। एकजना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ। २० वैशाखमा भारतबाट आएको शक्तिशाली चक्रवात "फानी" को प्रभाव नेपालमा देखिएको छ।

चट्याङ लागेर मकवानपुरगढी गाउँपालिका- ५ देउरालीकी २७ वर्षीय फूलमाया पाख्रिनको मृत्यु भएको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए। घरभित्रै बसिरहेकी सिंहबहादुर पाख्रिनकी श्रीमती फूलमायाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए। 

पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका ३ स्थित लामिटारमा बाख्रा चराउँदै गर्दा स्थानीय बृन्दा मोक्तान घाइते भएकी छिन् । ५२ वर्षीय मोक्तान जंगलमा बाख्रा चराउँदै गर्दा चट्याङ लागेर बेहोस भएको मकवानपुर प्रहरी प्रमुख सिंहले बताए। उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०