Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा कोरोना संक्रमण निको हुने संख्या १ सय ८०

photo-1598596465.jpg

मकवानपुरका ४ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोमा कोरोना संक्रमण पुष्टि भएर निको हुनेको १ सय ८० रहेको छ  ।

मकवानपुरका ४ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यलय हेटौंडा,मकवानपुरका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म जिल्लाका ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनका अनुसार संक्रमण पुष्टि भएर आइसालेसन बस्नेको संख्या ९१ जना रहेका छन् । जसमा हेटौंडा ६ स्थित गौरिटार आइसोलेसन बस्ने ८४ जना,कार्रा आइसोलेसन बस्ने १ जना र मनहरी गाउँपालिकाको आइसोलेसन बस्ने ६ गरि ९१ जना रहेका छन् ।

यसैगरि जिल्लामा होम आइसोलेसन बस्नेको संक्रमितको संख्या संख्या १ सय ३३ रहेको छ । जसमा हेटौंडा उपमहानगरपालिकाका १ सय २७ जना,मकवानपुर गढी गाउँपालिकाका ३ जना र बकैया गाउँपालिका ३ जना रहेका छन् ।

 ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०