Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा कोरोना बिरुद्धको खोप लगाउने ७ सय ९३ जना

Vaccine-khop-gandik-1612148431.jpg

बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बिरुद्धको खोप लगाउनेहरु ३४ हजार ५ सय ६८ जना पुगेका छन् । कोरोनाकाविरुद्धमा खोप लगाउनेहरु स्वास्थ्यकर्मी धेरे रहेका छन् । मकवानपुर जिल्लामा कोरोना भाइरस बिरुद्धको खोप लगाउनेहरु ७ सय ९३ जना रहेका छन् ।

बागमती प्रदेशमा पहिलो चरणमा ७० हजार ३४ जनामा खोप लगाउने लक्ष अनुसार आज सम्म झण्डै आधाजसोले खोप लगाएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता पुरुषोत्तमराज सेढाईले जानकारी दिए । यस प्रदेशमा ३८ वटा खोप केन्द्रबाट स्वास्थ्यकर्मी, सफाइकर्मीलाई खोप लगाइरहेको छ । यस प्रदेशको काठमाण्डौ उपत्यकामा सबै भन्दा धेरै जनामा कोरोना बिरुद्धको खोप लगाइएको सेढाईले जानकारी दिए ।

१८ माघमा एकै दिनमा ९ हजार एक सय २९ जनामा कोरोना बिरुद्धको खोप लगाइएको छ । कोरोना बिरुद्धको खोप स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतकालाई भनेर सरकारले तोकेपनि निजी क्षेत्रका स्वास्थ्य संस्थाका प्रशासनिक कर्मचारी, पदाधिकारी समेतले कोरोना बिरुद्धको खोप लगाएका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०