Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ५ सय नाघ्यो

corona-Update-1598756716.jpg

 मकवानपुरमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ सय नाघेको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा मकवानपुरमा थप १३ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या ५ सय नाघेको हो । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ५ सय ४ पुगेको छ ।

यसैगरि मकवानपुरमा हालसम्म संक्रमण पुष्टि भएकामा २ सय १९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६ जनाको कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् ।  संक्रमण पुष्टि हुनेहरु आइसोलेसन र होम आइसोलेसनमा उपचाररत रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०