Wednesday, 19th August, 2026
वि.स.

मकवानपुरमा एमाले माओवादी एउटै ब्यानरमा कार्यक्रम

Photo-02-1508309900.jpg

मकवानपुरमा नेकपा एमाले र माओवादी केन्द्रले दिपावलीको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम एउटै मञ्च र ब्यानरमा गरेका छन् । चुनावी तालमेल, निर्वाचन पछि पार्टी एकता गर्ने सहमति बनाएसंगै दुई पार्टीले मकवानपुरमा यस्तो कार्यक्रम गरेका हुन् ।

हेटौँडामा भएको कार्यक्रममा दुई कम्युनिष्ट पार्टीहरु एक हुने प्रक्रियाको शुभारम्भ मकवानपुरबाट गर्ने भन्दै एमाले र माओवादीले यसरी कार्यक्रम गरिएको एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले बताइन् । 

एमाले मकवानपुरकी अध्यक्ष सिग्देल तथा माओवादी केन्द्र मकवानपुरका संयोजक प्रेमबहादुर पुलामीको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै एमाले अध्यक्ष सिग्देलले एकताको संदेश मकवानपुरबाटै प्रवाह गर्न आफुहरु सफल रहेको बताईन् । वाम एकता मुलुकको विकासको लागि आवश्यक रहेको भन्दै आउँदै गरेको निर्वाचनमा सबै कार्यकर्तालाई वाम एकताको मर्म अनुसार कार्य गर्न उनले निर्देशस समेत दिईन् । कार्यक्रममा बोल्दै माओवादी केन्द्र मकवानपुरका संयोजक पुलामीले नेपालमा भएका सबै कम्युनिष्टहरुको एउटै केन्द्र बन्नुपर्ने बताए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif