Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा एमाले अगाडि, काँग्रेस र माओवादी पछिपछि

हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेका हरिबल महत नगर प्रमुखमा निर्वाचित भएसंगै मकवानपुरको १० मध्ये ६ स्थानीय तह एमालेको नेतृत्व कायम भएको छ । एमालेले जिल्लाको ६ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख जितेको छ ।  दुई स्थानीय तहमा उपाध्यक्ष मात्र जितेको छ भने दुईवटामा प्रमुख पदमा एमाले पछि परेको छ । 

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन रहेको हेटौंडा र भीमफेदीमा विजय हासिल गरेको एमालेले थाहा नगरपालिकामा पराजय भोगेको छ । एमालेका हरिरबहादुर महत हेटौंडा उपमहानगरपालिकाको प्रमुख र मीना लामा उपप्रमुखमा निर्वाचित भएकी छिन् । इन्द्रसरोवर गाउापालिकामा जीवन लामा अध्यक्ष र उमा थापा उपाध्यक्षमा निर्वाचित भइन् । मकवानपुर गढी गाउँपालिकामा बिदुर हुमागाई अध्यक्ष र हर्कमाया रुम्बा उपाध्यक्ष, भिमफेदी गाउापालिकामा हिदम लामा अध्यक्ष र पार्वती राना उपाध्यक्ष, मनहरी गाउँपालिकामा एकराज उप्रेती अध्यक्ष र मनिला विष्ट उपाध्यक्षमा निर्वापचत भइन् ।

त्यस्तै कैलाश गाउँपालिकामा टंक मोक्तान उपाध्यक्ष सुकमाया थिङ पनि एमालेकै तर्फबाट विजयी भए । भने बकैया गाउापालिकामा नेपाली काँग्रेसका दामोदर खनाल अध्यक्ष र एमालेकी सरला बोलखे उपाध्यक्षमा निर्वाचित भइन् भने बागमती गाउँपालिकामा सर्केश घलान अध्यक्ष र एमालेकी धनकुमारी सिंह लामा उपाध्यक्षमा निर्वाचित भइन । 

त्यसैगरी थाहामा नगर प्रमुख माओवादी केन्द्रका लवशेर विष्ट र उपप्रमुखमा नेपाली काँग्रेसका  खड्गबहादुर गोपाली निर्वाचित हुँदा राक्सिराङ गाउँपालिकामा काँग्रेसका राजकुमार मल्ल उपाध्यक्ष पनि काँग्रेसकै निर्मला हिमडुङ विजयी भए । 

मकवानपुरमा प्रमुख र उपप्रमुख एउटै स्थानीय तहमा दुवै पदमा विजयी हुने एमाले ६ स्थानीय तह र काँग्रेस एउटामा रहेको छ भने माओवादीले एउटामा पनि दुवै पद जित्न सकेको छैन ।