nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा एक उपमहानगरपालिका, एक नगरपालिका र आठ गाउँपालिका प्रस्ताव 
अन्ततः आग्रा गाविस थाहा नगरपालिकामा गाभियो

मकवानपुरमा दशवटा स्थानीय तह प्रस्ताव भएको छ । जिल्ला विकास समिती मकवानपुरमा २१  कात्तिकमा बसेको स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समिती तथा सर्वदलीय बैठकले मकवानपुरमा एक उपमहानगरपालिका, एक नगरपालिका सहित ८ गाउँपालिकाको सिफारीस गर्ने निर्णय गरको हो । 

सहमति अनुसार थाहा नगरपालिकाको केन्द्र परिवर्तन नहुने गरी टिष्टुङ, चित्लाङ र आग्रा गाउँ विकास समिति गाभिने भएको छ । हेटौँडा उपमहानगरपालिकाको कुनैपनि सिमा तथा केन्द्र परिवर्तन भएका छैनन् । त्यसैगरी बाग्मती गाउँपालिका,  बकैया, भीमफेदी, मकवानपुर गढी, मनहरी, राक्सीराङ, कैलाश र इन्द्रसरोवर गाउँपालिका प्रस्ताव भएकाछन् । 

राज्य पुनःसंरचना आयोगले कात्तिक २० सम्म दिएको समयमा प्रतिवेदन बुझाउन नसकेको मकवानपुरले २१  कात्तिकमा सहमती जुटाई स्थानीय तहको टुङ्गो लगाएको हो । 

हेर्नुहोस् प्रस्तावित नगरपालिका, गाउँपालिका र तिनको केन्द्र:

 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)