Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा एकै दिन ७२ जनामा कोरोना संक्रमित पुष्टि [हेर्नुहोस पुरा विवरण]

मकवानपुरमा २१ भाद्रमा ७२ जना ब्यक्तिहरुमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । आयुर्वेद तथा जनसंख्या प्रर्वद्धन शाखाका जनस्वास्थ्य निरिक्षक भोलाप्रसाद चौँलागाईले दिएको जानकारी अनुसार एकैदिन ७२ जनामा संक्रमण पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिकामा मात्रै ६२ जनामा कोरोना पुष्टि भएको छ । भाद्र १८ गते र १९ गते सङ्कलन गरिएको २७५ स्वाबको परिक्षण गर्दा मकवानपुरमा ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा कैलाश गाउँपालिकाको ४ जना, भीमफेदी गाउँपालिकाको ४ जना र मकवानपुरगढीको २ जना रहेका छन् । त्यस्तै एकजना जिल्ला बाहिरका रहेका छन् ।

हेर्नुहोस् पूरा विवरण:

 

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०