Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा अब स्थानीय तहलेनै निषेधाज्ञा जारी गर्न सक्ने

nised-1598853558.jpg

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरको १५ भाद्र विहान बसेको बैठकले जिल्लाको स्थानीय निकायहरुमा कोभिड संक्रमण रोगको रोकथामका लागि आवश्यक परेको खण्डमा स्थानीय निकायलेनै आ– आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गर्नसक्ने गरी अधिकार प्रत्यायोजन गरेको छ ।

संक्रमितको दर बढ्दै गएको र अत्ति जोखिम भएको क्षेत्रमा स्थानीय तहलेनै निषेधाज्ञा गर्न सक्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिएका छन् ।

यसअघि स्थानीय तहले निषेधाज्ञा गर्नुपर्ने भएमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई सिफारीस गर्नुपर्ने प्रावधान थियो । तर आजको बैठकले स्थानीय निकायलाई अधिकार प्रत्यायोजन गरेको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif