Sunday, 23rd August, 2026
वि.स.

मकवानपुरबाट अन्तर जिल्ला आवागमन बन्द [हेर्नुहोस् निर्णय]

मकवानपुरबाट अन्तर जिल्ला सवारी आवागमन बन्द गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतााम बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसंगै बसेको ३० वैशाखमा बैठकले हेटौंडाका खाद्यन्न, औषधि, विउविजन र रसायनिक मलका पसल बहोक अरु सबै पसल खुल्न नदिने निर्णय गरेको छ । त्यस्तै बाहिरी जिल्लाबाट आवतजावत पूर्ण रुपमा बन्द गर्ने, संक्रमित जिल्लाहरुबाट कामदार ल्याउन नपाइने, मालबहाक गाडीमा चालक र सहचालक मात्र यात्रामा हुनुपर्ने निर्णय गरेको छ ।

त्यस्तै संक्रमति जिल्लाहरुबाट तरकारी पनि मकवानपुरमा नल्याउने निर्णय गरेको छ । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०