Friday, 21st August, 2026
वि.स.

मकवानपुरगढी स्वास्थ्य चौकिमा ल्याब सेवा संचालन

मकवानपुरगढी स्वास्थ्य चौकिमा २० कार्तिकबाट ल्याब सेवा संचालनमा आएको छ ।

मकवानपुरगढी शिखरकटेरीमा रहेको स्वास्थ्य चौकीमा एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले स्वास्थ्य प्रयोगशालाको सुरुवात गरेका हुन् । कार्यक्रम वडा नम्बर २ का अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका संयोजक बखान सिं पाख्रिनको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा स्वास्थ्य चौकीबाट २ नम्बर प्रदेशमा सरुवा हुनु भएका हेल्थ असिस्टेन्ट प्रमोद रौनियार, अनमी विनिताकुमारी मण्डललाई विदाई गरिएको थियो भने अहेव लक्ष्मण दाहाल, इन्दिरा मैनाली र ल्याव असिष्टेन्ट संगिता तिमल्सिनालाई स्वागत गरिएको थियो ।

प्रयोगशाला निर्माणका लागि वडा कार्यालयबाट ६० हजार रुपैँया र राष्ट्रिय प्रयोगशाला काठमाडौंबाट ३ लाख ५० हजार रुपैँयाको सामग्री सहयोग प्राप्त भएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif