Thursday, 20th August, 2026
वि.स.

मकवानपुरको थाहानगरमा ट्रकमा आगजनी

त्रिभुवनराजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नं. ४ नयाँगाउँमा नचिनेका समूहले ट्रकमा आगजनी गरेको छ । गएराती पौने १२ बजे काठमाण्डौबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । 

विप्लव नेतृत्वको नेकपाले बन्द आव्हान गरेको पूर्वसन्ध्यामा गुडीरहेको उक्त गाडीलाई रोकेर चालक तथा सहचालकलाई बसबाट ओराली पेट्रोल छर्केर आगजनी गरेको चालकले जानकारी दिए । मास्क लगाएका एक समूहले ट्रकमा आगजनी गरेको बताइएको छ । घटनाको कुनैपनि समूले जिम्मा लिएको छैन । 

ट्रकमा लागेको आगो थाहा नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो । ट्रकको अगाडिको भाग पूरै जलेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०