Thursday, 20th August, 2026
वि.स.

मकवानपुरका स्थानीय तहको कार्यकारी अधिकृतहरुको सरुवा (हेर्नुहोस् कर्मचारी सरुवाको सूची)

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा कर्मचारीहरुलाई कामकाजका लागि कर्मचारी सरुवा गरेको छ । मन्त्रलयको ४ असोजमा भएको बैठकले स्थानीय विकास मन्त्रालयमा कार्यरत् नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्रांङ्कित द्वितीय श्रेणी (उपसचिव) , तथा राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) पदका कर्मचारीहरुलाई कामकाजका लागि खटाइएको हो । 

कामकाजका लागि खटाइएको कर्मचारीहरुको विवरण अनुसार मन्त्रालयले मकवानपुरका तीन स्थानीय तहका कर्मचारीहरुलाई सरुवा गरेको छ । सरुवा विवरण अनुसार जिल्लाको थाहा नगरपालिकामा हरिलाल पुरी सरुवा भएर आएका छन् । थाहाका कार्यकारी अधिकृत जीवन प्रसाद आचार्य रतुवामाई नगरपालिका मोरङमा सरुवा भएकाछन् । पुरी कावासोती नगरपालिकाबाट थाहामा सरुवा भई आएका हुन् । उनी यसअघि थाहाबाटै कावासोती सरुवाभई गएका थिए । अहिलेसम्मको अवधीमा पुरी थाहामा सबैभन्दा बढि सेवारत् कार्यकारी अधिकृत हुन् । थाहामा पुनः सरुवा भई आएका पुरी छैठौं कार्यकारी अधिकृत हुन् । 

यस्तै मकवानपुरकै बागमती गाउँपालिकाबाट कार्यकारी अधिकृत भिम परियार मकवानपुरगढी गाउँपालिकामा सरुवा भएका छन् । थाहा नगरपालिकाबाट सरुवाभई बागमतीमा सेवारत् कार्यकारी अधिकृत परियार मकवानपुर गढी गाउँपालिकाको कार्यकारी अधिकृत भएका हुन् । स्थानीय तह संचालनमा राम्रो दख्खल भएका परियारले थाहा नगरपालिकामा भौतिक पूर्वाधार तथा सामाजिक विकासका क्षेत्रमा उल्लेख्य योगदान दिएका थिए । नतिजामुखी काममा लगाव भएका परियार प्रभाव र दबाबमा नभई लाभग्राहीको मागमा आधारित भएर काम गर्ने कार्यकारी अधिकृतको रुपमा परिचत छन् । 

मकवानपुर गढीका कार्यकारी अधिकृत मिनराज कोइराला जिल्ला समन्वय समिति सिराहाको योजना अधिकृतमा सरुवा भएकाछन् । मकवानपुरको बागमती गाउँपालिकामा बेलौरी नगरपालिकाका कार्यकारी अधिकृत नरबहादुर वि.क. सरुवा भई आएकाछन् । 

मकवानपुरका अरु सात स्थानीय तहको कर्मचारीहरुको सरुवा भने मन्त्रालयले गरेको छैन ।   

हेर्नुहोस् सरुवाको सूचीः

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif