Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरका बृद्ध सहित २६ जनामा कोरोना संक्रमण पुष्टि

corona-Update-1597984882.jpg

मकवानपुरका एक जना सहित २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–५ का एक वृद्धमा कोरोना पुष्टि भएको छ। यहाँका ७४ बर्षीय एक वृद्धमा कोरोना पुष्टि भएको हो।

उनीसंगै ५ भाद्र बिहान प्राप्त नतिजा अनुसार २६ जनामा कोरोना पुष्टि भएको छ । चितवनका थप २२ जनासहित २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा ४ भाद्रमा गरिएको परीक्षणमा चितवनका ११ पुरुष र ११ महिलामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका–२, ७, १० र ११ का ८ पुरुष र ११ महिला गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब संकलन गरिएको थियो । यस्तै, राप्ती नगरपालिकाका वडा नं। २ र ८ का गरी थप ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै क्वारेन्टिनमा रहेका थिए । संक्रमण देखिएकाहरु १२ देखि ६७ बर्ष उमेर समूहका छन् ।

यसैगरी, संक्रमण पुष्टि हुनेमा नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक–एक जना छन् । नवलपुरका ४० वर्षीय पुरुषको मध्यविन्दु अस्पतालबाट स्वाब संकलन गरिएको थियो भने बाँकी तीन जनाको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो । उनीहरु अस्पताल अएका बिरामी हुन् ।

चितवनमा आज २२ जना संक्रमितको संख्या ३०३ पुगेको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट चितवनमा तीन जनाको मृत्यु भएको छ भने, कैलालीका एक बिरामीको पनि चितवनमा नै उपचारको क्रममा मृत्यु भएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif