nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

भीमफेदी गाउँपालिकाले गर्याे कार्य शुभारम्भ

मकवानपुरको भीमफेदी गाउँपालिका कार्यालयको एक समारोहबीच कार्य शुभारम्भ गरिएको छ । गाउँपालिकाको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडीले उद्घाटन गरेका हुन् । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका नारायण प्रसाद मैनाली, किसान न्यौपाने, राम कृष्ण थापा लगायत साविक भैसे, निबुवाटार, कोगटे, इपा र नामटारका गाविसका सचिबहरुको पनि उपस्थित थियो ।

साविक भीमफेदी गाविस सचिब बद्रि सापकोटाले संञ्चालन गरेको गाउंँपालीका उद्घाटन कार्यक्रम भीमफेदी गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत बिश्वराज लामाको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा स्थानीय राजनैतीक दलका प्रतीनीधी तथा सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिती थियो । कार्यक्रमका सहभागीहरुलाई साविक कोगटे गाविसका सचिब सिताराम रिमालले स्वागत गरेका थिए । ऐतिहासिक भीमफेदी मकवानपुरको पुरानो सदरमुकाम पनि हो ।

-सुरेन्द्रराज थिके/भीमफेदी