Sunday, 23rd August, 2026
वि.स.

भीमफेदी–कुलेखानी सडक आहा यस्तो फराकिलो [हेर्नुहोस् फोटो फिचर]

बन्दाबन्दी (लकडाउन) को समय पारेर बागमती प्रदेशले दक्षिणकाली–हेटौंडा सडकखण्ड अन्तर्गत भीमफेदी–कुलेखानी सडक विस्तारको काम धमाधम भैरहेकाे छ । 

दैनिक करीब २ हजार ५ सय सवारीसाधन आउजाउ गर्ने यो सडक विस्तारमा अन्योल भइरहेका वेला प्रदेशले बन्दाबन्दीको समयमा काम अगाडि बढाएको हो। ४ मिटर चौडा सडक विस्तार गरी ६ मिटर बनाउने योजना अनुसार काम भैरहेकाे हाे ।

यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निमित्त निर्देशक सहदेवबहादुर भण्डारीका अनुसार, भीमफेदीदेखि कुलेखानीसम्म दैनिक ६ वटा डोजरले बाटो विस्तार गरिरहेका छन्। भीमफेदीदेखि देउरालीसम्म ८ किलोमिटर सडक निर्माणका लागि रु.१७ करोड र देउरालीदेखि कुलेखानीसम्म ७ किलोमिटरका लागि रु.१५ करोडमा ठेक्का लागेको छ। गएको १६ माघमा मोतीदाना कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो।

हेटौंडा, भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली हुँदै काठमाडौं जोड्ने सडक निर्माणको शुरुआत २०४९ सालदेखि भएको हो। तर, बजेट र अन्य स्रोत साधनको अभावले दक्षिणकालीदेखि कुलेखानीसम्मको निर्माण कार्य २०६३ सालमा मात्र सम्पन्न भएको थियो। दक्षिणकालीदेखि सिस्नेरी हुँदै कुलेखानी र फाखेल हुँदै कुलेखानीसम्म सडक जोडिएपछि बल्खु–हेटौंडा सवारी साधन सञ्चालनमा आएका हुन्।

हेर्नुहोस् फाेटाे फिचर:

फोटोहरुः सुरजकुमार भुजेल



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०