Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

भीमफेदीमै क्वारेन्टिन सेवासंगै आइसोलेशन सेवा शुरु

Bhimfedi-1598708547.jpg
  • सुरेन्द्र थिके/भीमफेदी

मकवानपुर जिल्ला भीमफेदी गाउँपालीकामा कोभिड–१९ आईसोलेसन सञ्चालनमा आएको छ । कोरोना प्रभाव भएको सुरूवातीदेखि क्वारेन्टिन सञ्चालनमा आई रहेको भएता पनि हाल जिल्लामा कोरोना संक्रमित संख्या बढ्दो क्रमले जिल्ला स्थित पनि आईसोलेटेड सेवा स्थान अभाव हुन थालेपछिगाउँपालिका आफैले आईसोलेसन सञ्चालनमा ल्याएको हो ।

हाल सम्म भीमफेदी गाउँपालिकामा १५ जना कोरोना संक्रमित प्रमाणीत भई सकेको छन् । हाल श्री महेन्द्र मा।वि भीमफेदी लाई आईसोलेसन कक्ष तथा भीम आधार कम्युनीटी स्कूललाई क्वारेन्टाइन को रूपमा सञ्चालनमा ल्याएको छ ।

यसै गरि भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रले पहिलो पटक बिमारीलाई रक्त सेवा प्रदान गरेको छ। बिगत कोरोना प्रभावले लकडाउन लागू भएदेखि भीमफेदी गाउँपालीका वडा नं ६ एक मृगौला दिर्घ रोगले पिडित विरामी लामो समय घरमा सुरक्षित बसाई क्रममा शाररिक श्वास प्रश्वासको समस्या आई जिल्ला स्थित अस्पतालले उपचारमा सहज नभएको जनाएपछि जिल्ला रेडक्रस रक्त भण्डार सेवा ब्लड बैंकबाट आबश्यक प्रकृया पूरा गरि रगत भीमफेदी ल्याएर रक्त प्रदान कार्य गरेको हो ।

डा. प्रबिण पाठक लगायत स्वास्थ्यकर्मीको संयुक्त प्रयासमा सो सेवा पहिलो पटक संञ्चलनमा ल्याएको हो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०