nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भीमफेदीमा बस दुर्घटना, ७ जनाको मृत्यु, २ को परिचय खुल्यो

death-1663862619.jpg

मकवानपुरको भीमफेदी-६ को जुरीखेतमा बस दुर्घटनामा मृत्यु भएका ७ जनामा २ जनाको परिचय खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता रामचन्द्र घिमिरेका अनुसार दुर्घटनामा मृत्यु भएका ७ जना मध्ये २ जनाको मात्र परिचय खुलेको हो ।  उनका अनुसार परिचय खुलेकाहरुमा नुवाकोट घर भएर रौतहटमा नेपाली सेनामा कार्यरत ३४ वर्षीय रघुराज न्यौपने र बाराका ३३ वर्षीय अन्दुवा मियाँ ठकुराई रहेका छन् । मृत्यु भएका ५ जनाको परिचय खुल्न बाँकी रहेको छ ।

६ असोज दिउँसो हेटौंडा–भीमफेदी–सिस्नेरी–काठमाडौं जोड्ने छोटो दूरीको सडकमार्गमा काठमाडौंबाट विरगंज जाँदै गरेको ना ३ ख ७८५८ नंबरको बस जुरीखेतमा दुर्घटना हुँदा घटनास्थलमै ६ जना र उपचारको क्रममा एक जना गरी ७ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा २ दर्जन बढी घाईते भएको र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । बस आफै अनिन्त्रित भएर सडकबाट करिब ६० मिटर तल सडकमा खस्दा हेटौंडाबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३००१ ज ०२७१ नंबरको सुमोमा ठोक्किदाँ सुमोको यात्रु समेत घाईते भएका थिए ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)