nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

भीमआधार सामुदायीक विद्यालयको वार्षिक उत्सवः शिक्षिकालाई अवार्ड 

मकवानपुर भीमफेदी गाविसको एकमात्र सार्वजनिक शैक्षिक गुठी भमिआधार सामुदायीक स्कुल भीमफेदीको १०औं वार्षिक भेला सरस्वती पुजा भव्यताकासाथ मनायएको छ । विद्यालय प्रशासन प्रमुख सुरेन्द्र राज थीकेले सञ्चालन गरेको कार्यक्रममा विद्यालय संस्थापक गुठी सदस्य केशब नारायण मुल्मीको सभाध्यक्षतामा भएको थियो ।

भिमफेदी गाउँ विकास समितिका सचिव बद्री सापकोटाको प्रमुख आतिथ्य र बहुउद्देशीय प्लाष्टिक उद्योगका मेजर रमेश तिवारीको विशेष आतिथ्यमा भएको हो । कार्यक्रममा सरकारी कार्यालय प्रमुख, सहकारी संस्थाका प्रमुख, स्थानिय राजनैतीक दलका प्रमुख, संघ संस्थाका प्रमुख र विद्यालयका अभभिावकहरुको उपस्थित रहेको थियोे । 

कार्यक्रमा विविध विधामा उत्कृष्ट रहेका बालबालीका लगायत शिक्षिका रञ्जिता लामालाई उत्कृष्ट शिक्षिका घोषणा सहित रु. २५०० नगद र एवार्ड प्रदान गरीएको थियो ।कार्यक्रममा विविध सास्कृतिक कार्यक्रम सहित टिका प्रसाद बितरण भएको प्रधानाध्यापक मायां सिवाकोटीले बताइन् । 
-सुरेन्द्र राज थिके/भीमफेदी


 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)