Monday, 17th August, 2026
वि.स.

भिमफेदीमा महिलालाई  मखमल जुत्ता बनाउने तालीम 

नीति निर्माण तहमा पैरवी महिला सञ्जाल भीमफेदीले गाउँपालिका भीमफेदीको अनुदानमा १६ दिने मखमल जुत्ता बनाउने तालीम शुरु भएको छ । तालीममा भिमफेदी गाउँपालिका वडा नम्बर ६ का १० जना महिला र वडा नम्बर ५ बाट ८ जना गरी १८ महिलाको सहभागिता छ । तालिमको प्रशिक्षक अबिता श्रेष्ठ छिन् । 

भीमफेदीका ५ र ६ नंम्बर वडाका संयुक्त वडा सचिब बद्रि सापकोटाको प्रमुख आतीथ्यमा तालीमको उद्घाटन गरिएको हो । नारी सिप श्रृजना केन्द्र मकवानपुरका प्रमुख उमा सुबेदीको बिशेष आतिथ्यमा भएको तालिम उद्घाटन कार्यक्रम संजालकी अध्यक्ष बुनु आचार्यको सभाअध्यक्षतामा भएको थियो । 

कार्यक्रममा नेपाली कांग्रेसका जब्बर सिं लामा, महिला जागृति सहकारीकी रीता आले, चण्डेश्वरी महिला जागृति सहकारी संस्थाकी साबित्री बललगायतको आतिथ्य रहेको थियो । कार्यक्रम सुमित्रा श्रेष्ठले सञ्चालन गरेकी थिइन् । 

सुरेन्द्रराज थिंके/भिमफेदी, मकवानपुर
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif