Monday, 17th August, 2026
वि.स.

भगवानलाई जुत्ताचप्पल चढाउने मन्दिर !

jiji-bai-mandir-1603715975.jpg

मन्दिरमा प्रवेश गर्दा हामीले जुत्ता चप्पल फुकाल्छौँ । तर यो दुनियामा एउटा यस्तो मन्दिर छ जहाँ भगवानलाई उल्टै जुत्ता चप्पल मात्र चढाइन्छ ।

भारतको मध्यप्रदेशको राजधानी भोपालमा उक्त अनौठो मन्दिर रहेको छ । पहाडि इलाकामा रहेको उक्त मन्दिरको नाम जिजीबाई मन्दिर हो । सो मन्दिरमा जुत्ताचप्पल चढाउने चलन लामो समयदेखि चलिआएको छ ।

देवी दूर्गाको उक्त मन्दिरमा जुत्ता चप्पल चढाएपछि आफ्नो मनको आकांक्षा पूरा हुने जनविश्वास त्यहाँ रहेको छ ।

उक्त मन्दिरमा जुत्ता चप्पल चढाउनका लागि विश्वका विभिन्न देशहरुमा बसोबास गर्ने सो क्षेत्रका मानिसहरुले वर्षेनी विदेशी ब्राण्डेड जुत्ताचप्पल पठाउँदछन् ।

देवीलाई चढाएका जुत्ता चप्पल एक दिनरात मन्दिरभित्रै राखिन्छ र अर्को दिन पुजारीले मानिसहरुलाई बाँडिदिन्छन् ।

मन्दिरमा जुत्ता चप्पल मात्र होइन चश्मा, टोपी तथा घडीहरु तथा अन्य पहिरन समेत चढाउने गरिन्छ । स्थानीय पुजारीले उक्त मन्दिरमा स्थापित दूर्गाको मूर्तिलाई छोरीको रुपमा पूजा गर्ने गरेको बताइन्छ ।

–एजेन्सी



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif