Tuesday, 18th August, 2026
वि.स.

बोन क्यान्सरसँग लड्दै मकवानपुरकी सुमिना, सहयोगको अपिल

मकवानपुर, २६ कात्तिक । बिगत १ वर्षदेखि बोन क्यान्सरबाट पिडीत मकवानपुरकी छोईसाङ थिङ (सुमिना) ले आफ्नो उपचारमा सहयोग गरिदिनका लागि अपिल गरेकी छिन् । उनको उपचारको लागि करिब २० देखि २४ लाख रुपैयाँ खर्च लाग्ने र घरको आर्थिक अवस्था समेत दयनिय भएका कारण देश तथा विदेशमा रहेका सबैलाई उनले सहयोग गरिदिन आग्रह गरेकी हुन् ।

मकवानपुर जिल्लाको साविक छतिवन गाविस वडा नम्बर नं.– ८ हाल बकैया गाउँपालिका वडा नं. ५ कर्मचुली स्थायी निवासी निरु थिङको १८ वर्षीया छोरी छोइसाङ अहिले सिविल निजामति कर्मचारी अस्पताल नयाँ बनेश्वरमा थप उपचारको लागि भर्ना भएकी छिन् । उपचारमा खटिएका डाक्टर अनुसार ब्लड क्यन्सर  (ब्िि नचयगउ) भएको हुनाले हरेक हप्ता रगत चढाईरहनु परेको छ । ६ महिना सम्म किमो थेरापीबाट रोग कन्ट्रोल गरि बोन टा«न्सफर गर्नुपर्ने भएकोले रकम जुटाउन आफ्नो घर परिवारले नसक्ने भन्दै उनले सहयोग मागेकी हुन् ।

उनले सहयोग अपिल पत्रमा हस्पिटलको  शैंयामा छटपटाउदै पलपल मृत्युको पखाईमा दिनदिनै कम्जोर  बन्दै गएको कुरा बताएकी छिन् । उनले सहयोग अपिलमा लेखेकी छिन्–‘आर्थिक अभाबको कारण म अब मर्दै छु भन्ने जानि जानि बाँच्नुको पिडा अत्यन्तै दुःखद र हृदयविदारक लाग्दो रहेछ केहि गरौँ भन्ने उर्जावान उमेर मै रोगद्वारा ग्रसित  भै तड्पिनु बाहेक मेरो अर्को विकल्प भएन त्यसैले अन्तिम अपिल देश बिदेशमा रहेका विभिन्न सङ्घ संस्था तथा मलाई चिन्ने नचिन्ने आमा बुवा दाजुभाई दिदीबहिनीहरुमा जिबनको भिख माग्दै यथा सग्दो आर्थिक सहयोगको लागि सादर विनम्र अनुरोध गर्दछु ।’
११ कक्षामा पढ्दै गरेकी उनले उनका बुवा निरु थिङले जतिसक्दो दैनिक हजारौँ खर्च ऋण गरेर भए पनि उपचार गर्ने प्रयाश गरिरहेको तर त्यति गर्दा पनि रोग रोकथाम गर्न मात्रै सकिएको र बोन ट्रान्स्फरको लागि खर्च नजुटेको बताएकी छिन् । स्वईच्छिक रुपमा उनका बुवाको बैँक खाता नम्बर ४६०७०१०००२८७७ (ग्लोबल आईएमई, हेटौँडा शाखा) मा सहयोग गर्न सकिने उल्लेख गरेकी छिन् । साथै अन्य देश विदेशमा रहेका सबैलाई पनि उनले सहयोग गरिदिन आग्रह गरेकी छिन् ।

सहयोगका लागि:
निरु थिङ (बुवा)–९८४५३८२२८१



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif