Sunday, 23rd August, 2026
वि.स.

बैंक तथा वित्तीय संस्थामा आजदेखि नयाँ नियम, जारी भयो यस्तो निर्देशन

आइतबारदेखि खुल्न थालेका बैंक तथा वित्तीय संस्थाका शाखाहरु बिहीबारदेखि फेरि बन्द हुने भएका छन् । नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन जारी गरेको हो ।

बैंकका कारण मानिसहरुको भिडभाड बढ्दै गएपछि सबै शाखा कार्यालय नखोल्न राष्ट्रबैंकले बैंकहरुलाई निर्देशन दिएको हो । खुलेका शाखाहरुलाई पनि सिमित मात्रै पासको व्यवस्था गरेर सेवा दिइने छ ।

लकडाउनमा सेवा प्रदान गर्न देशभरका २७ वाणिज्य बैंकलाई २० वटाका दरले पास वितरण गरिएको छ भने विकास बैंकलाई १० वटाका दरले पासको व्यवस्था गरिएको छ ।

त्यस्तै फाइनान्स कम्पनीलाई आठ र लघुवित्त वित्तीय संस्थालाई पाँचका दरले पासको व्यवस्था गरिएको छ । बैंकिङ सेवा लिन जाने नागरिकले कोरोना रोकथाम सम्बन्धि सम्पूर्ण नियमको पालना गर्नुपर्ने छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०