Thursday, 20th August, 2026
वि.स.

बेरुजु फछ्र्यौटमा थाहा नगरपालिका पुरस्कृत

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकासहित ३ नगरपालिका र १ गाउँपालिका बेरुजु फर्स्योट गर्ने कार्यमा मुलुकमा नै सर्वोत्कृष्ट भएकाले सरकारले ४ स्थानीय तहलाई पुरस्कृत गरेको छ । थाहा नगरपालिकाले आव ०७३/७४ मा रहेको ३ करोड १७ लाख १८ हजार बेरुजुमा २ करोड ९२ लाख ५६ हजार अर्थात् ९२.२४ प्रतिशत बेरुजु फर्स्योट गरेकाले पुरस्कृत गरेको हो ।

गत आव अर्थात् ०७४/७५ मा महालेखा परीक्षक कार्यालयले गरेको लेखा परीक्षणमा नपाको कुल बजेटको ४ प्रतिशतभन्दा कम बेरुजु देखिएकाले थाहा नपालाई सर्वोत्कृष्ट घोषणा गर्दे पुरस्कृत गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आर्थिक प्रशासन कार्यालयका लेखा अधिकृत वसन्त पौडेलले बताए । उनका अनुसार ७ सय ५३ स्थानीय तहमध्ये थाहा नगरपालिका मकवानपुर, सूर्योदय नगरपालिका इलाम, नीलकण्ठ नगरपालिका धादिङ र प्रतापपुर गाउँपालिका नवलपरासी पुरस्कृत भएका छन् ।

सोमबार बसेको मन्त्रालयको सचिवस्तरीय बैठकले मुलुकका चार स्थानीय तहलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । संघीय तथा सामान्य प्रशासन मन्त्रालयले बेरुजु फर्स्यौट कार्यमा प्रत्यक्ष संलग्न रहेका ३ कर्मचारीलाई बढीमा चार हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गर्न पुरस्कृत स्थानीय तहलाई निर्देशन गरेको छ ।

सम्मानपत्र मन्त्रालयले नै पठाउने निर्देशन गरेको थाहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताए । थाहाको हकमा मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पुरी र लेखा अधिकृत शिवप्रसाद देवकोटालाई पुरस्कृत गर्न नाम तोकेर पठाएको छ ।

हेर्नुहोस पत्राचारः



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif