Tuesday, 18th August, 2026
वि.स.

बिरगंजमा भीषण आगलागी, दमकल नै जल्यो, २ जनाको मृत्यु

ddd-1513749586.jpg

बिरगंजको सुपर ग्यास उद्योगको प्लान्टमा भीषण आगलागी भएको छ। वीरगञ्ज १८ भवानीपुरमा रहेको उद्योगमा बिहान ६ बजेदेखि ग्यास भण्डारण ट्याङकीबाट ग्यास लिक भइ आगलागी सुरु भएको हो।

आगलागी नियन्त्रणका लागि परिचालित बिरगंज महानगरपालिकाको दमकल पनि जलेको छ। 

घटनामा परी दुई जना अग्नि नियन्त्रकको मृत्यु भएको छ। आगलागीबाट २ जना गम्भीर घाइते भएका छन् ।

विश्वकर्मा सिमेन्ट उद्योग नजिकै रहेको प्लान्टभित्र रहेका सबै ग्यास बुलेट पनि जलेर नष्ट भएका छन्।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif