nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बिइङ युथको उदाहरणीय काम : विद्यार्थीलाई छात्रवृत्ति, विद्यालयलाई आगो नियन्त्रण यन्त्र

IMG_20220626_201545-1656253938.jpg

थाहा नगरपालिकाका उर्जावान युवाहरुद्वारा स्थापित बिइङ युथले थाहा नगरपालिका वडा नम्बर १२ स्थित जनता आधारभूत विद्यालयका विद्यार्थी र विद्यालयलाई सहयोग गरेको छ । युथले विद्यालयका सबै विद्यार्थीहरुलाई पोसाक, झोला र शैक्षिक सामग्री उपलब्ध गराएको छ भने विद्यालयलाई भान्साको सामान, पानी शुद्धीकरण मेशिन र आगो नियन्त्रण यन्त्र सहयोग गरेको छ ।

आज १२ असारमा विद्यालयमा एक कार्यक्रमको आयोजना गरी बिइङ युथले सामग्री सहयोग गरेको हो । ओएनजिडी एफएनइएल लक्जम्वर्गसँगको सहकार्यमा सहयोग कार्यक्रम भएको हो । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टको प्रमुख आतिथ्यता तथा उपप्रमुख भरत गोपालीको विशेष आतिथ्यता रहेको थियो ।

बिइङ युथका अध्यक्ष बसन्त कार्कीको अध्यक्षता रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले विद्यालय शिक्षाको लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए । त्यसैगरी नगर उपप्रमुख गोपालीले दाताहरुबाट प्राप्त सहयोगलाई सदुपयोग गर्न आग्रह गर्दै छोराछोरीको शिक्षाको लागि अभिभावकहरुको पनि उत्तिकै चासो हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा थाहा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष टिकाराम स्याङ्तान, पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष पुरुषोत्तम कार्की, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मानबहादुर स्याङ्तान, थाहा नगरपालिकाका रोजगार  संयोजक कुमार नेगी, शिक्षक सुशिला पुलामी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बिइङ युथकी कार्यक्रम संयोजक मनिषा बस्नेतले संस्थाले गरिरहेको गतिविधिको बारे प्रष्ट पारेकी थिइन् ।

कार्यक्रममा डा. गगन कार्की, डा. पवन कार्की, वडा सदस्यहरु युवराज जिम्बा, नरेश घलान, बिइङ युथका पदाधिकारीहरु, जनता आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

IMG_20220626_201545-1656253946.jpg