Thursday, 2nd July, 2026
वि.स.

बाल दिवस विशेष विविध कार्यक्रम सम्पन्न, महाचुनी र कालिदेवी २/२ विद्यामा प्रथम

सुखी नेपाली, समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार भन्ने नाराको साथ उत्तरी मकवानपुरको इन्द्रसरोवर वडा नं ५ को महाचुनी मा.वि. मा विविध कार्यक्रम गरि राष्ट्रिय बाल दिवस २०७५ मनाईएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नं ५ को फाखेल खड्बुमा रहेको विद्यालयले बाल दिवसको अवसरमा प्रारम्भिक बाल बिकास केन्द्रमा रहेका बाल बालिका बीच हेल्दी बेबी प्रतियोगिता, नृत्य तथा परिचय दिने प्रतियोगिता, कक्षा १ देखी ८ सम्मका बालबालिका बीच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

इन्द्रसरोवर गाउँपालिकाको आर्थिक सहयोगमा महाचुनी मा.वि. को समन्वयमा आयोजिय कार्यक्रममा इन्द्रसरोवर गाउँपालिका वडा नं ५ का वडाध्यक्ष धनराज महर्जनको प्रमुख आतिथ्यता तथा महाचुनी माध्यमिक विद्यालयका प्रधानाध्यापक शान्तलाल लामाको सभाध्यक्षता रहेको थियो । कार्यक्रमहरुमा हेल्दी बेबी (स्वस्थ बालबालिका प्रतियोगिता) मा मन्जु श्री जन आधारभूत विद्यालय केन्द्रका याङ्की लामा प्रथम, प्रगति प्रारम्भिक बाल विकास केन्द्र मधुवनका सोइस्का रुम्बा द्वितीय र महाचुनी मा.वि. बाल विकास केन्द्रका अर्पण बस्नेत तृतीय भएका छन् । बालबालिकाहरुको स्वास्थ्य सम्बन्धि २० वटा सुचकहरुको आधारमा स्वस्थ बालबालिका छनौट गरि गरिएको प्रतियोगितामा फाखेल स्वास्थ्य चौकीका इन्चार्ज अनिता बुढा र सिस्नेरी स्वास्थ चौकीका अ.हे.व. सागर लामाले निर्णायक भुमिका निर्वाह गरेका थिए ।

कक्षा १ देखी ३ सम्मका बालबालिकाहरुको बिचमा सम्पन्न भएको परिचयात्मक प्रतियोगितामा भने कालिदेवी मा.वि. को सबिना लामा प्रथम, महाचुनी मा.वि.को योगराज नगरकोटी द्वितीय र महाचुनी कै आशिका दोङ तृतीय भएका छन् । जसमा मन्जु श्री आ.वि.का राजकुमार स्याङ्तान र रञ्जना महर्जन, कालिदेवीका डोलकार लामा सान्त्वना भएका छन ।

यसैगरी हाजिरीजवाफ प्रतियोगिताको कक्षा १ देखी ५ सम्मकोमा महाचुनी मा.वि.का कृश्मिला लामा, निर्मल शाही र विश्वास कार्की प्रथम हुन सफल भएका छन् । यस्तै मन्जु श्री का रोजिना लामा, डिवि थोकर र कुशल राज थोकर द्वितीय र कालिदेवी मा.वि.का सुष्मा लामा, मनिषा लामा र सबिन थोकर तृतीय भएका छन् ।

यस्तै कक्षा ६ देखी ८सम्मको हाजिरीजवाफ प्रतियोगितामा कालिदेवीका उमा थोकर, कोपिला लामा र बिशाल लो प्रथम, महाचुनीका प्रदिप वाइबा, साङ्ग्युर लामा र रविना लामा द्वितीय र कालिदेवीका सुवर्ण बल, सुकलक्ष्मी लो र सुस्मिता थोकर तृतीय भएका छन । जसमा महाचुनीका सविना लामा, सोम थिङ र सुदिप थिङ सान्त्वना भएका छन ।

यसैगरी विद्यालयमा संचालित नृत्य प्रतियोगितामा महाचुनी मा.वि.का अन्जना थोकर, स्मीता नगरकोटी र सुस्मिता नगरकोटी प्रथम हुन सफल भएका छन् । यस्तै कालिदेवीका कुशुम रुम्बा र जेनिशा लामा द्वितीय र मन्जु श्रीका इञ्जल स्याङ्तान, ऋतिका वाईवा र ऋतु थोकर तृतीय भएका छन् ।३ वटा विद्यालयको ३ वटा समुहबिच भएको नृत्य प्रतियोगितामा राजुलामा, सुष्मा नगरकोटी र सबिना रुम्बाले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

विभिन्न कार्यक्रमहरुवाट बिजयी भएका विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक शान्तलाल लामाले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी ५ नं वडाध्यक्ष धनराज महर्जनले आफ्नो वडा बालमैत्री वडा भएको हुनाले यस्ता प्रतियोगितात्मक कार्यक्रमहरु विद्यालयहरुको विचमा भैरहनु पर्ने बताए । उनले भने "यस्ता कार्यक्रमहरुको लागी बजेट छैन भन्ने होइन जसरी पनि बजेटको व्यवस्था गरेर विद्यार्थीहरुको शैक्षिक, मानसिक, शारीरिक र बौद्धिक विकासमा सहयोग गर्नुपर्छ ।"

इन्द्रसरोवर गाउँपालिकाको वडा नं ५ को बालमैत्री भवनमा सन्चालन भएको कार्यक्रम महाचुनी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक शेखर कार्कीले सन्चालन गरेका थिए । कार्यक्रममा महाचुनी विद्यालयका शिक्षक अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिको सक्रिय भुमिका रहनुका साथै इन्द्रसरोवर गाउँकार्यपालिका सदस्यहरु,वडा सदस्यहरु, तीनैवटा विद्यालयका प्रधानाध्यापकहरु, शिक्षकहरु, अभिभावक विद्यार्थी गरि ३७५ जना भन्दा बढिको सहभागीता रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।