Monday, 24th March, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

बालविवाह गर्ने गराउनेलाई सामाजिक बहिष्कार 

मकवानपुरको फाखेल गाविसका बासिन्दाहरुले बालविवाह गर्ने र गराउने घर परिवारलाई समाजिक बहिष्कार गर्ने भएकाछन् । गाविसबासीले बाल बिबाह रोक्नका लागि सचेतता अपनाउन विविध कार्यक्रम अन्तर्गत यो अभियानलाई प्रमुखताको साथ सञ्चालन गर्ने स्थानीय सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । 

महिला तथा बालबालिका कार्यालय हेटौंडा र गाउँ बाल संरक्षण समिति फाखेलको सहयोगमा सक्रिय महिला बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले आयोजना गरेको बालबिबाह न्यूनीकरणमा सरोकारवालाहरुको भुमिका बिषयक एक दिने अन्तक्रियाका सहभागीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनीहरुले बालविवाह गरीआयोजना गरिने भोज भत्तेर पनि बहिष्कार गर्ने जनाएकाछन् । 

वि.सं. २०६४ सालबाट बालमैत्री गाविस घोषणाको लागि थालिएको यस अभियानमा स्थानीय प्रहरीको सहयोग लिइने बाल संरक्षण समिति फाखेलका अध्यक्ष जीवन लामाले बताए । फाखेललाई बालमैत्री गाविस घोषणाका लागि गरिएको विभिन्न सर्भेक्षणमा बाल विवाह प्रमुख चुनौतिको रुपमा देखा परेको छ । फाखेललाई यसै आर्थिक वर्षभित्र बालमैत्री गाविस घोषणा गर्ने तयारी भइरहेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०