Thursday, 20th August, 2026
वि.स.

बाम गठबन्धनको हेटौंडा १० मा कार्यकर्ता भेला

10-1510654827.jpg

नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले दिगो शान्ति, समृद्ध नेपाल र आर्थिक समृद्धीका लागि बामगठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरेकी छिन् । आज हेटौंडा १० मा भएको नेकपा एमाले तथा नेकपा माओबादि केन्द्र(बामगठबन्धन) को संयुक्त कार्यकर्ता भेलालाई संबोधन गर्दै सिग्देलले समग्र देशको विकासका लागि बाम सरकार आवश्यक रहेको प्रष्ट पारीन् । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहालले बामगठबन्धनलाई विजयी गराउन सम्पूर्ण कार्यकर्ता एकतावद्ध भएर प्रचारप्रसार अभियानमा लाग्न आग्रह गरे । बाम गठबन्धनको जित जनताको हितमा हुने भएकोले बेलैमा जनतामाझ पुग्न अनुरोध समेत गरे । प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश ख का उम्मेदवार डोरमणी पौडेलले राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि बामगठबन्धनको विजयी हुन आवश्यक रहेको चर्चा गरे । जनजीविकाका पक्षमा काम गर्ने भएकोले बामगठबन्धनका उम्मेदवारलाई मतदान गर्न उनको आग्रह थियो ।

बाम गठबन्धनको हेटौंडा १० निर्बाचन परीचालन कमिटिका संयोजक फुर्वा दोर्जे लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा पूर्ब सांसद अनन्त पौडेल, क्षेत्र नम्बर १ निर्बाचन परीचालन कमिटिका संयोजक बद्रि लम्साल, सहसंयोजक भिम पाख्रिन, प्रदेश ख का संयोजक श्रीधर पोख्रेल, सहसंयोजक बालकृष्ण चौलागाईं, १० नम्बर निर्बाचन परीचालन कमिटिका सहसंयोजक संतोष न्यौपाने, सुरेश कुमार लामालगायत सहभगि थिए । 


हेटौंडा १६ मा बाम युवा तथा महिलाको निर्बाचन परीचालन कमिटि

हेटौंडा १६ मा बाम गठबन्धनको युवा तथा महिला निर्बाचन परीचालन कमिटि गठन गरीएको छ । १६ नम्बर वडामा लक्ष्मी रसाइलीको संयोजकत्वमा ५१ सदस्यीय महिला निर्बाचन परीचालन कमिटि तथा राजन दाहालको संयोकत्वमा ५१ सदस्यीय युवा निर्बाचन परीचालन कमिटि गठन गरीएको हो । १६ नम्बर वडाका निर्बाचन परीचालन कमिटिका सहसंयोजक श्याम प्रसाद चौलागाईको अध्यक्षता तथा नेकपा एमाले मकवानपुरका उपाध्यक्ष बद्रि लम्सालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लम्सालले बामगठनबन्धनको जितका लागि अगाडि बढ्न आग्रह गरे ।  कार्यक्रममा पूर्ब सभाषद शेरबहादुर पहरी, नेकपा माओबादि केन्द्रका जिल्ला सदस्य राधेश्याम गजुरेल, एमालेका सल्लाहकार कृष्णबहादुर राई, १६ नम्बर वडाका निर्बाचन परीचालन अनुगमन संयोजक लोकनाथ चौलागाईं, एमाले १६ नम्बर वडाका अध्यक्ष सागरनाथ बास्तोला, मोहन चन्द्र चौलागाईं लगायतकाको सहभागिता रहेको थियो ।  

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif