Wednesday, 1st July, 2026
वि.स.

बानियाँद्वारा गरिब तथा जेहेन्दार विद्यार्थीलाई डेढ लाख छात्रबृत्ति सहयोग

IMG_2084-1519872737.JPG

 

नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँद्वारा बुधबार आफ्ना स्वर्गीय पिता छेमबहादुर बानियाँको स्मृतिमा गरिब तथा जेहेन्दार २७ जना विद्यार्थीको छात्रबृत्ति बापतको रकम एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

निर्मल उच्च माध्यमिक विद्यालय बस्तीपुरका कक्षा ११ र १२ मा पढ्ने गरिब, विपन्न तथा जेहेन्दार २७ छात्राछात्रको शिक्षादिक्षामा आर्थिक अभावबाट पढ्नबाट बञ्चित नहुन भन्ने उद्देश्यले एकलाख ५० हजार रुपियाँ विद्यालयलाई हस्तान्तरण गरिएको ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता बानियाँले बताउनुभयो ।

बुधबार एक कार्यक्रमका बीच नेता बानियाँले उपलब्ध गराउनुभएको सो एक लाख ५० हजार रुपियाँ नेपाल प्रेस युनियन मकवानपुरका सहसचिव एवं काँग्रेस मकवानपुरका सूचना तथा संचार प्रमूख सुजन विडारीमार्फत विद्यालयका प्राचार्य प्रवोध विडारीलाई उपलब्ध गराउनुभएको हो । विद्यालयले ११ र १२ कक्षाका १५ छात्रा र १२ छात्र गरी २७ जना गरिब तथा जेहेन्दार २७ जना विद्यार्थीलाई एकवर्षसम्म अध्ययन गर्न सहजताको लागि एक लाख ५० हजार रुपियाँ नेता बानियाँले उपलब्ध गराउनुभएको प्राचार्य विडारीले बताउनुभयो ।

यसअघिपनि नेता बानियाँले आफ्ना स्वर्गीय पिता छेमबहादुरको स्मृतिमा विभिन्न स्थानमा गरिव, असहाय र विपन्नहरुलाई सहयोग गर्दै आईरहनुभएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०