Thursday, 27th August, 2026
वि.स.

बागमती प्रदेशमा द्बन्द्ब पिडितलाई ३ करोड ९३ लाख सहयोग

kanun-mantralaya-1611734540.jpg

 बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट १ हजार ५ सय ७५ जना द्बन्द्ब पिडितलाई ३ करोड ९३ लाख सहयोग गरिएको छ । प्रदेशका १३ जिल्लाका द्बन्द्ब पिडित तथा विस्तापित परिवारका सदस्यलाई सहयोग रकम हस्तान्त्रण गरिएको हो । यो तीन वर्षको अवधिमा यो रकम सहयोग गरिएको मन्त्रालयले जनाएको छ ।

तीन र्वामा यस मन्त्रालयले प्रदेश राजपत्र प्रकाशन गर्ने गरिएको छ । “प्रदेश ऐन तथा नियम संग्रह” प्रकाशनः भाग १ देखी भाग ९ सम्म विभाजन गर्ने व्यवस्था रहेको जनाएको छ । प्रहरी चौकी निर्माणलाई पनि प्राथमिकताका साथ गरिएको मन्त्रालयले जनाएको छ । यो अवधिमा मन्त्रालयले ६ वटा प्रहरीचौकी निर्माणकोकाम सकेको छ ।

अरु ४० वटा प्रहरीचौकी निर्माणधिन अवस्थामा रहेका छन् । तीन वर्षको अवधिमा २४ वटा स्थानीय तहमा न्यायिक इजलास समिति गठनमा सहयोग गरिएको “प्रदेश सरकारको पहिचान, निःशुल्क कानुनी जनसहायता अभियान” भन्ने नाराका साथ सरकारमा कमजोर पहुंच भएका स्थानीय तहमा कानुनी सहायता कार्यक्रम सञ्चालन गरिएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif