Saturday, 15th August, 2026
वि.स.

बाँस र निगालाको हस्तकला तालिम लिँदै थाहाका महिलाहरु

nigalo-ko-saman-banaune-t-1677228711.jpg

गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत् थाहा नगरपालिकाको वडा नम्बर ४ ठूलोमाखुमा विपन्न वर्गका महिलाले बाँस, निगालाको हस्तकलाका सामग्री बनाउने तालिम शुरु गरेका छन् ।

थाहा नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा १५ दिनको सीप विकास तालिम शुरु भएको लघु उद्यम सहजकर्ता दिक्षा पाण्डेले बताइन् । १५ जना महिला सहभागी तालिममा रामकुमार राईले सीप तालिम दिइरहेका छन् ।

तालिम उद्घाटनको क्रममा लघु उद्यम विकास कार्यक्रमका अधिकृत कुमार नेगी र थाहा नगर कार्यपालिका सदस्य चन्द्रमाया थिङले तालिमको पूर्ण उपयोग गरी सीप सिकेर व्यवसायिक कार्यमा लाग्न सहभागीहरुलाई आग्रह गरेका थिए ।

तालिममा मुढा, कलमदानी, फुलदानी, फोटो फ्रेम, चुरा स्टाण्ड र ¥याक बनाउन सिकाइने प्रशिक्षक रामकुमार राईले जानकारी दिए । तालिमको अन्त्यमा सहभागीहरुले तालिमको क्रममा तयार गरेका सामग्रीहरु प्रदर्शन गरिनेछ ।

निगालाबाट सामान बनाउने सीप विकास तालिम शुरु गर्नुअघि महिलाहरुले उद्यम विकास तालिम लिएका थिए । उक्त तालिममा व्यवसाय छनोट गर्दा बजार, कच्चा पदार्थ, प्रविधि, कामदार, पूर्वाधार, लगानी, सरकारी नीति, जोखिम आदि कुरामा ध्यान दिनुपर्ने कुरामा स्पष्ट भएपछि सो आधारमा उनीहरुले निगालोबाट हस्तकलाका सामग्री बनाउने व्यवसाय छनोट गरेका हुन् ।  
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif