Wednesday, 26th August, 2026
वि.स.

बलात्कारको आरोपमा मकवानपुरका एक जना पक्राउ

pakrau-1598851589.jpg

बलात्कार गरेको आरोपमा मकवानपुरको बकैया गाउँपालिकाको एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बकैया गाउँपालिका वडा नंबर ६ को ज्यामिरे बस्ने २४ वर्षीय सूर्य बहादुर रूम्बा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए ।

रुम्बाले स्थानिय महिलालाई आईतबार घरमा जबरजस्ती करणी गरेको बताईएको छ। घरमै बसेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रतनपुरबाट खटिएको प्रहरीले रुम्बालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका रुम्बालाई जिल्ला प्रहरी कार्यलय मकवानपुर ल्याईएको र घटनाको थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif