Wednesday, 1st July, 2026
वि.स.

बज्रवाराहीमा सुरक्षित गर्भपतन सेवा सम्बन्धी अन्तरक्रिया 

थाहा नगरपालिकाको बज्रवाराहीमा एक दिने सुक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘सुरक्षित गर्भपतन सेवा, महिलाको प्रजनन् अधिकारलाई टेवा’ भन्ने नाराको साथ भएको तेस्रो गर्भपतन दिवसको अवसरमा कार्यक्रम भएको हो । 

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र आइपासको नेपालको सहयोगमा बज्रवाराही स्वास्थ्यचौकीमा भएको कार्यक्रम थाहा नगरपालिका वडा नम्बर ६ नम्बर वडा अध्यक्ष शशीधर सुवेदीको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा वडा नम्बर ६ का वडा सचिव सुनिल लामिछाने, नेपाली काँग्रेसका थाहानगर सभापति योगेन्द्रमान श्रेष्ठ, जिल्ला समन्वय समितिका सदस्य चित्र बहादुर बलामी, रेडक्रस प्रतिनीधि, महिला स्वास्थय स्वयंसेविका, स्वास्थ्यचौकी बज्रवाराहीका पदाअधिकारीहरु, पत्रकारहरु लगायतकाको सहभागिता रहेको थियो । 

कार्यक्रममा थाहा नगरपालिकाका स्वास्थ्य कार्यक्रम संयोजक मेघराज बलामीले सहजीकरण गरेका थिए । सहजकर्ता बलाममीलले १२ हप्तासम्मको गर्भपतन गर्न पाउने, जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भपतन गर्न पाउने लगायतको विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए । बलामीले गर्भवती महिलाको मन्जुरी बिना गर्भपतन गर्ने उदेश्यले भु्रणको लिग वा सो को आधारमा गर्भपतन गर्न कानुनले तोकेको अवधि र अवस्था बाहेक अन्य अवस्थामा नपाइने लगायतको विषयमा सहजीकरण गरेका थिए । 

सुरक्षित गर्भपतन सेवा कार्यक्रम कार्यविधि निर्देशिका २०७३ सरकारले कार्यान्वययनमा ल्याएको छ । हाल थाहा नगरको पालुड र बज्रवाराहीमा स्वास्थ्य चौकीमा गर्भपतन सेवा उपलब्ध रहेको छ ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०