Wednesday, 19th August, 2026
वि.स.

बज्रवाराहीमा अत्याधुनिक कृषि प्रणाली सम्बन्धी तालीम

थाहा नगरपालिका वडा नम्बर ६ मा अत्याधुनिक प्रविधि सहित व्यवशायिक कृषि प्रणाली सम्बन्धी एक दिने तालीम सम्पन्न भएको छ । बज्रवाराही नमुना व्यवशायिक टनेल कृषक समुह तथा ६ नम्बर वडा कार्यालयको संयुक्त आयोजनामा तालीम भएको हो ।

तालिममा थाहा नगरपालिका वडा नम्बर ६ का ६० जना कृषकहरको सहभागिता रहेको थियो । तालीमको एक समारोकाबीच थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीले उद्घाटन गरेका थिए । 

तालीमका सहभागी कृषकहरुलाई अर्गानिक ट्रेड सेन्टरका प्रोपाइटर तथा दहचोक फाँटका कृषि प्राविधिक कृष्ण न्यौपानेले सहजीकरण गरेका थिए । तालीममा बज्रवाराही क्षेत्रमा पाँचवटा भन्दा बढि टनेलमा खेती गरिरहेका कृषकहरुको सहभागिता रहेको आयोजक बज्रवाराही नमुना व्यवशायिक टनेल कृषक समुहका अध्यक्ष सशिन कर्माचार्यले बताए ।

टनेलमा मुख्य गरेर खेती गरिने भेडे खुर्सानी र गोलभेडा खेती प्रविधि विषयमा तालीम केन्द्रित भएको अध्यक्ष कर्माचार्यले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif