Wednesday, 19th August, 2026
वि.स.

फोनिज मकवानपुरमा नयाँ नेतृत्व

IMG_0496-1522567202.JPG

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुरको चौथो अधिवेशनले ३ बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार हेटौंडामा भएको अधिवेशनले कृष्ण सारु मगरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा अशोकसुजन श्रेष्ठ, सचिवमा नवराज वाईबा, कोषाध्यक्षमा शुभराज भोम्जन, सहसचिवमा रुपा गुरुङ तथा सदस्यहरुमा चन्द्र घलान, सन्देश थिङ, मिना श्रेष्ठ, भुवन घलान, मञ्जरी बलामी र जनक तामाङलाई चयन गरेको छ । अधिवेशनले केन्द्रीय पार्षद्मा सुरेश श्रेष्ठ र दुदुमायाँ सिन्तान तथा प्रदेश पार्षद्मा सुरजकुमार भुजेल र रञ्जिता डंगोललाई चयन गरेको छ ।

प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)मकवानपुरकी अध्यक्ष पूर्णिमा गोलेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तिर्थबहादुर थापा मगर, फोनिजका मध्यमाञ्चल संयोजक कुमार नेगी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमागाई, प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष नानिमैया विष्ट, नेपाल तामाङ्ग घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif