Tuesday, 18th August, 2026
वि.स.

फापरवारी महोत्सवमा खुल्ला लोक दोहोरी प्रतियोगिता हुने

हाम्रो भाका हाम्रो लोक संस्कृति प्रतिष्ठान नेपाल र बागमती गाउँपालिका परिवारको संयुक्त आयोजनामा मकवानपुरमै पहिलो पटक ‘खुल्ला लोक दोहोरी प्रतियोगिता’ हुने भएको छ । 
“फापरवारी राम नवमी मेला तथा फापरवारी महोत्सव” को मुख्य आकर्षणको रुपमा खुल्ला लोक दोहारी प्रतियोगिता रहेको छ ।  
प्रतियोगिताका संयोजक हेमन्त मगरका अनुसार मकवानपुर जिल्लामा कला, गला र प्रतिभाको उजागर गर्नको लागि अन्य गायन प्रतियोगिता भएता पनि लोक दोहोरी प्रतियोगिता नभएको कारण प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमले क्रमश नगर ३० हजार, २० हजार र १० हजार सहित शिल सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । जिल्लाबाट सहभागिता प्रत्येक टिममा महिला र पुरुष गरि दुई–दुई जना अनिवार्य उपस्थित हुनु पर्नेछ । विभिन्न जिल्लाबाट सहभागिता हुन पाउने मगरले जानकारी दिए ।
हाल सम्म १८ टिमको दर्ता भईसकेको बताउदै मगरले भने,‘हाम्रो लक्ष्य ४० टिम देखि ५० टिम विच प्रर्तिष्प्रधा गराउने योजना छ ।
जिल्लाकै दोश्रो व्यापारीक केन्द्र बागमती गाउँपालिका वडा नं. ६ स्थित फापरवारी बजारमा चैत्र ९ गते देखि चैत्र १३ गते सम्म महोत्सव हुँदैछ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif