Saturday, 3rd October, 2026
वि.स.

फाखेल कृषि सहकारी संस्था लिमिटेडको दोस्रो साधारण सभा सम्पन्न
परिवर्तनशील महिला अधिकार मञ्चलाई सांसदको कम्प्युटर

CP-1477189840.jpg

मकवानपुर फाखेल गाविस वडा नंम्बर ३ मा रहेको फाखेल कृषि सहकारी संस्था लिमिटेडको दोस्रो साधारण सभा भएको छ । मकवानपुर क्षेत्र नंम्बर २ का सांसद सुभाषचन्द्र ठकुरीको प्रमुख आतिथ्यतामा सभा भएको हो ।  सधारण सभामा अध्यक्ष धनवीर स्याङ्तानको प्रगती प्रतिवेदन, कोषाध्यक्ष मानबहादुर स्याङ्तानको आर्थिक प्रतिवेदन, विकास कार्कीबाट प्रस्तु लेखा प्रतिवेदन र बलराम थिङ्बाट प्रस्तुत ऋण उपसमितिकाको प्रतिवेदन पास भएको छ । कार्यक्रममा सामुदायिक विकास केन्द्रका (सिसिडिएन)का जगत बजगाइको विशेष आतिथ्य रहेको थियो ।
सहकारीको प्रतिवेदन अनुसार हाल ४६ लाख ८ हजार ९ सय त्रिहत्तर बराबरको कारोबार भएको छ । र सस्थाले  आगामी आर्थिक बर्षमा ६० लाख ३० हजारको कारोबार गर्ने लक्ष्य समेत राखेको छ। सभाको अवसरमा (सिसिडिएन) बाट सहयोग प्राप्त भइ प्लास्टिक टनेलमा उत्कृष्ट खेती गर्ने फाखेल ४ का केशरबहादुर लामा, जिल्ला कृषि विकास कार्यालयबाट सहयोग प्राप्त भई प्लास्टिक टनेलमा उत्कृष्ट गोलभेडा खेती गर्ने कृष्णकुमार तामाङ र र फाखेलमै नमुना कृषक बन्न सफल सुकबहादुर रुम्बा ‘तरकारी माइला’लाई पुरस्कार प्रदान गरिएको थियो ।  

साधारण सभाकै अवसरमा महिलाको सीप विकास र क्षमता वृद्धिका लागि कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मकवानपुर क्षेत्र नंम्बर २ का सांसद सुभाषचन्द्र ठकुरीले परिवर्तनशील महिला अधिकार मञ्चका अध्यक्ष मञ्जु रुम्बालाई दुई थान कम्प्युटर प्रदान गरे । कार्यक्रम सस्थाका अध्यक्ष धनबीर स्याङ्तानको सभाध्यक्षतामा भएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif