Saturday, 22nd August, 2026
वि.स.

फरक सोचको सकारात्मक काम: विद्यार्थीलाई घर फर्किन निःशुल्क बस

एसईई दिन बसेका विद्यार्थीहरुलाई थाहानगरमा सामाजिक काम गर्दै अाएको फरक सोच अभियान थाहानगरले घर फर्किन निःशुल्क बसको सञ्चालन गर्ने भएको छ ।

कोरोना भाईरस कोभिड १९ को कारण सरकारले एसईई परीक्षा स्थगित गरे सँगै विद्यार्थी घर फर्कन थालेका छन् ।  स्थगित भएपछि विद्यार्थीहरुले सरसामान सहितको बजारमा गाडि कुरेर वस्दा समेत नपाएपछि  फरक सोच अभियानले निराशमा घर फर्किन थालेका विद्यार्थीहरुलाई सहजहोस भनेर यस व्यवस्था मिलाएको फरक सोच अभियानका संयोजक यादवजंग रायमाझीले जानकारी दिए । 

थाहाको हिमालय इङिलस स्कुल, पालुङ भ्यालि हार्ड एकेडेमी, पालुङ मोर्डन  इङिलस स्कुलको सहकार्यमा सो व्यवस्था मिलाएको रायामझीले जानकारी दिए ।  एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । परीक्षामा नेपालभरका करिब ५ लाख विद्यार्थी सहभागी हुँदै थिए । 

तुरुन्त सम्पर्क गर्नुहोला । 
बस छुटने समयः विहान ११ः३० बजे
बस छुटने स्थानः शिखरकोट बजार
सम्पर्कः यादव जंग रायमाझी, ९८४५०७२३५८
गणेश बिष्ट 984-5679315
मनोज रायमाझी 985-5072533
संगम कार्की 9855072095
सुरेन्द्रमान प्रधान 985-5067697



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif