Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्राथमिक उपचार मोवाइल एप्स सार्वजनिक

नेपाल रेडक्रस सोसाइटीले प्राथमिक उपचार मोवाइल एप्लिकेशन विहिवार सार्वजनिक गरिएको छ । यो एप्सले आकस्मिक अवस्थामा जीवन बचाउन र प्राथमिक उपचार सीपका लागि अत्यन्त उपयोगी हुने रेडक्रसले जनाएको छ ।

‘घर–घरमा प्राथमिक उपचारक’, महाअभियानलाई साकार पार्न तथा प्राथमिक उपचारको ज्ञान लाई विश्वभर रहेका नेपालीभाषीहरूको समक्ष पुर्याउने उद्देश्यले अमेरिकन रेडक्रसको सहकार्यमा नेपाली भाषामा यो एप्लिकेशन तयार गरिएको हो ।

पाँच क्षेत्रमा विभाजन गरिएको यो एप्सलाइ प्ले स्टोर र आइ.ओ.एस भर्सन दुवैमा छ भने एप्पल स्टोर गएर अग्रेजीको वर्णमालामा ‘प्राथमिकउपचारनेपाल रेड क्रस’, टाईप गरी खोजेर डाउनलोड गर्न सकिन्छ ।