nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेशस्तरीय राष्ट्रिय रेडियो पत्रकार सञ्जाल बिस्तार

प्रदेश नम्बर ५ को बाँके कोहलपुरमा सोमबार आयोजित रेडियो पत्रकार राष्ट्रिय सञ्जालको दोस्रो भेलाले प्रदेशस्तरीय सञ्जाल बिस्तार गरेको छ । दुई दिनसम्म चल्ने भेलाले सात वटै प्रदेशमा संयोजकसहितको सञ्जाल विस्तार गरेको हो ।

भेलाबाट प्रदेश नम्बर १ को संयोजक मानवी मुक्तान, प्रदेश नम्बर २ संयोजक सर्वण थापा, प्रदेश नम्बर ३ संयोजक सुरजकुमार भुजेल, प्रदेश नम्बर ५ संयोजक विजयीसिँह भारती, प्रदेश नम्बर ६ संयोजक टेकेन्द्र बिश्वकर्मा र प्रदेश नम्बर ७ संयोजक बिपी अनमोल रहेका छन् । प्रदेश नम्बर ४ मा भने महाधिवेशन भेलालले तोक्ने छ । प्रदेशस्तरीय सञ्जालले रेडियो पत्रकार जिल्ला सञ्जाल विस्तार गर्नेछ । ७ प्रदेश र ७५ जिल्लामा सञ्जाल विस्तार गर्ने निर्णय भेलाले गरेको केन्द्रिय अध्यक्ष सुमन तिमिल्सेनाले बताए । यस्तै भेलाबाट आगामी महाधिवेशन हेटौडामा आगामी मंसिरमा आयोजना गर्ने निर्णय गरेको छ । भेलाबाट सञ्जालको विधान समेत सशोधन गरेको छ ।

सोमबार कोहलपुरमा नेपाल पत्रकार महासंघ क्षेत्रीय संयोजक झलक गैरेले भेलाको उद्घाटन गरे । भेलाको उद्घाटन गर्दै गैरैले सञ्जालले पत्रकारको हिकहित, पेशागत दक्षता विकास र रेडियो संचालकसँग समन्वयात्मक र सुधारत्मक सम्बनध बनाउनुपर्ने बताए । २०६४ देखि २०७४ नेपालको ईतिहासमा रेडियो विकासको दशक रहेको भन्दै उनले रेडियो संचालक समिति, कर्मचारीबीच तालमेल र समन्वत्मक सहभगीतामा काम हुन सके रेडियोको भविष्य रहेको र दिगो हुने दावी गरे । रेडियो पत्रकारको विकास, क्षमता विस्तार, दक्षता, आर्थिक विस्तार र सरकारी निकायमा सहयोगात्मक पहल गर्न महासंघ तत्पर रहेको उनको भनाई थियो । भेलामा मध्यपश्चिम र प्रदेश नम्बर ५ स्तरका पत्रकार महासंघ, संघसंगठन, रेडियोका प्रतिनिधी, पत्रकारको सहभागीता रहेको थियो । मंगलबार कोहलपुर घोषणा पत्र जारी गर्दै भेला सम्पन्न हुनेछ । भेलामा देशभरका ६३ जना पत्रकारको सहभागीता रहेको छ ।









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg