Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पूर्वराजा ज्ञानेन्द्र दम्पत्ती जन्मोत्सव मनाउन चितवन गए 

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह हेटौंडा हुँदै चितवन गएकाछन् । उनीहरु बाराको सिमरामा ५ फागुनमा पुगेका थिए । बारा पुगेका उनीहरु त्यहाँ सर्वसाधारणले स्वागत गरेका थिए । हेटौंडामा ६ फागुन विहान पूर्व राजा ज्ञानेन्द्र हेटौँडा हुँदे चितवनतर्फ गएका हुन् । सिमराबाट चितवन आउने क्रममा उनलाई केहि राजावादी समर्थकले हेटौँडाको बुद्धचौकमा फुलको गुच्छा सहित स्वागत गरेका थिए । पूर्व राजा ज्ञानेन्द्रले आफैले सवारी चलाएर गएका हुन् । 

७ फागुनमा चितवनमा पूर्वरानी कोमलको जन्मोत्सव मनाउने कार्यक्रम तय भएको बुझिएको छ । प्रजातन्त्र दिवसको दिन फागुन ७ गते सबै परिवारका साथ कोमलको जन्मोत्सव मनाएपछि ८ गते पुन सिमरा फर्कने र काठमाण्डौं जाने कार्यक्रम छ ।