Thursday, 20th August, 2026
वि.स.

पुरानै पाराको खेतीप्रणाली त्यागौँः मन्त्री लामा

३ नं प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले परम्परागत ढंगको खेती प्रणालीको कारण उत्पादनमा बृद्धि नहुने भएकाले बैज्ञानिक खेती प्रणालीमा लाग्न किसानहरुलाई आग्रह गरेका छन् । 

उनले त्यसरी बैज्ञानिक ढंगले कृषि कर्ममा लाग्नेहरुलाई प्रदेश सरकारले सहयोग गर्ने समेत बताए । मनहरी गाउँपालिका ८ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको २० औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लामाले यस्तो धारणा राखेका हुन् । 

‘पुरानै पाराको खेतीपाती र पशुपालनले किसानको जनजीविका त चल्ला, तर आर्थिक स्तर बृद्धि हुँदैन’, मन्त्री लामाले भने–‘अब बैज्ञानिक ढंगले कृषि गर्नु आवश्यक छ ।’ मन्त्री लामाले जोकोहीले इच्छाशक्ति देखाएर आए ३ नं प्रदेश सरकारले अनुदान दिने बताए । ‘बिगतमा जस्तो एउटा पोखरीको फोटो खिचेर अर्काे पोखरीका लागि अनुदान दिने दिन गए’, मन्त्री लामाको कथन थियो–‘अब त्यसरी ढाँट्ने, छल्ने र अनुदान लिनेहरुलाई निस्तेज गरिनेछ र दृढ इच्छाशक्ति हुनेलाई प्रोत्साहन गरिनेछ ।’ प्रदेश सरकारले उन्नत जातको गाई नै खरिद गरेर गरिव र बिपन्न किसानलाई प्रदान गर्ने तयारी गरेको उनले सुनाए ।

कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तितुङ, साना किसान विकास बैँकका बिष्णुप्रसाद कालाखेती, मनहरी बचत तथा ऋण सहकारी संस्थाका शंकर कालाखेती लगायतले मन्तब्य ब्यक्त गरेका थिए । अध्यक्ष बिमला कार्कीले संस्थाको प्रगति प्रतिवेदन, प्रबन्धक निर्मला कडरियाद्वारा संस्थागत प्रतिबेदन र लेखा समिति संयोजक मातृका ढुंगानाद्वारा प्रस्तुत लेखा प्रतिवेदनले प्रस्तुत गरेका प्रतिवेदन पारित भएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif