Thursday, 20th August, 2026
वि.स.

पालुङ भ्याली हार्टको दशैं शुभकामना तथा चियापान

बडा दशैं २०७५ को अवसरमा थाहा नगरपालिका–३ मा रहेको पालुङ भ्याली हार्ट एकेडेमीले दशैं विशेष शुभकामना तथा चियापान कार्यक्रम गरेको छ ।
शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावकहरु, विद्यार्थी तथा आमन्त्रित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा विद्यालय प्राङ्गणमै एक विशेष कार्यक्रमको आयोजना गरी कार्यक्रम गरिएको हो ।
सोही कार्यक्रममा उक्त विद्यालयबाट गत २०७४ सालमा एसइइमा सामेल हुने विद्यार्थीहरुलाई विदाइ समेत गरिएको थियो ।
एकेडेमीका संस्थापक अध्यक्ष भरत गोपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल सुरेन्द्रमान प्रधानले विद्यालयले संचालन गर्दै आएको कार्यक्रमहरुसहित विविध गतिविधिको बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा शान्तिपुर दैनिकका प्रकाशक तथा सम्पादक कुमार नेगी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरन्जन अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष जयन्ति रायमाझी, पूर्व विद्यार्थीहरु प्रकृति ढकाल, कृष्टि ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै पूर्व विद्यार्थी ढकाल द्वयले विद्यार्थीहरुको चौतर्फी विकासमा विद्यालयको अतुलनीय भूमिका रहेको र फलस्वरुप आफूहरु उच्च शिक्षाका लागि योग्य ठहरिएको भन्दै विद्यालयको प्रशंसा गरेका थिए ।
दशैंको अवसरमा तयार पारिएका विभन्न गीत तथा नृत्यहरुमा विद्यार्थीहरुको विशेष प्रस्तुती रहेको उत्तः कार्यक्रममा पूर्व विद्यार्थीहरुलाई प्रिन्सिपल प्रधानले मायाको चिनो प्रदान गरेका थिए ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif