Friday, 21st August, 2026
वि.स.

पालुङ बहुउद्दश्यीय सहकारीको अध्यक्षमा कार्की 

पालुङ बहुउद्दश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुरुषोत्तम कार्की निर्विरोध भएका छन् ।  यद्यपी यसको औपचारिक घोषणा भएको छैन । अध्यक्ष कार्की संस्थका पूर्व उपाध्यक्ष हुन् ।

सञ्चालक समितिको उपाध्यक्ष पदमा भने १ जनाको मात्र उमेदवारी परेको छ । यसअघि कोषाध्यक्ष रहेका कृष्णबहादुर विष्टले उपाध्यक्ष पदमा उमेदवारी दिएका हुन् । एक जनाको मात्र उमेदवारी परेपछि उपाध्यक्षमा विष्ट निर्विरोध भएका छन् तर निर्वाचन समितिले यसको औपचारिक घोषणा गरिसकेको छैन ।

त्यस्तै सचिव अरुण रायमाझी निर्वाचित भएका छन् । अन्य पदाअधिकारी तथा सदस्य भने अझै टुङ्गिएको छैन । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif