Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ बहुउदेश्यीय सहकारी संस्थाकाे १८ अाैं स्थापना दिवसमा निमन्त्रणा

पालुङ बहुद्देश्यीय सहकारी संस्था लिमिटेड
थाहा नगरपालिका ८, थानाबजार मकवानपुर

हार्दिक निमन्त्रणा ।


    यस संस्था द्धारा मिति २०७३ साल पौष ९ गते शनिवारका दिन विहान १० बजे आफ्नो १८ औं स्थापना दिवसको उपलक्ष्यमा तपसिलका कार्यक्रमहरु आयोजना गरी स्थापना दिवस भव्य रुपमा मनाउने कार्यक्रम राखिएको हुदाँ यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध छ । साथै उक्त कार्यक्रममा इच्छुक रक्तदाताहरु भए उहाँहरुलाई समेत रक्तदान कार्यक्रममा सहभागिता गराई दिनु हुनका लागि सादर अनुरोध छ ।


तपसिल
क) संस्थाका सदस्यहरुमध्येबाट एक सन्तानको जन्मपछि स्थायी बन्ध्याकरण गरेका आदर्श दम्पत्तिहरुको सम्मान कार्यक्रम ।
ख) संस्थाका सदस्यहरुमध्येबाट दुई छोरीकोे जन्मपछि स्थायी बन्ध्याकरण गरेका दम्पत्तिहरुको सम्मान कार्यक्रम ।
ग) २०७२ साल पौष ९ गते पछि स्वास्थ्य केन्द्रमा सुरक्षित रुपमा पहिलो सन्तान जन्माउने सुत्केरीका लागि न्यानो झोला वितरण कार्यक्रम ।
घ) ७५ बर्ष पुरा भएका बृद्धबृद्धा सदस्य सम्मान ।
ङ) फरक क्षमता भएका सदस्य सहयोग कार्यक्रम ।
च) ६ जना असल कर्जा कारोवारी सदस्यको छनौट कार्यक्रम ।
छ) रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम ।
ज) असहाय, टुहुरा,अवोध, अपहेलित, वालवालिकाहरु मध्येबाट एकजनालाई रु १५,००० को आवधिक बचत प्रदान गर्ने ।