Monday, 5th October, 2026
वि.स.

प्रदेश ३ मा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम, मकवानपुर मा ८ जना माग (आवेदन फारम पनि छ)

nurse-1-1566354962.jpg

प्रदेश तीन सरकारले माध्यमिक तहको पढाइहुने प्रत्येक विद्यालयमा ‘एक विद्यालय एक नर्स’लागि यस बर्षबाट प्रदेश नं ३ अन्तर्गतका प्रत्येक स्थानिय तहमा एक जना नर्स करारमा लिने विज्ञापन गरेको छ ।

सामाजिक विकास मन्त्रालयले मंगलबार विज्ञापन प्रकाशित गरी १३ जिल्लाको प्रत्येक स्थानीय तहमा एक जना पुराउनका लागि एक सय एक जना नर्स करार सेवामा राख्नेगरी विज्ञापन खोलेको हो ।

जस अनुसार मकवानपुर–८, सिन्धुली–८, रामेछाप–७, दोलखा ८, सिन्धुपाल्चोक–१०, काभ्रेपलाञ्चोक १२, ललितपुर–५, भक्तपुर–३, काठमाडौं–९, नुवाकोट–१०, रसुवा –४, धादिङ–११,  र चितवनमा ६ जना माग गरिएको हो ।

मकवानपुरमा थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, राक्सिराङ् गाउँपालिका, मनहरी गाउँपालिका, भिमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिका गरी ८ वटा स्थानीय तहमा प्रति स्थानीय तह १ जनाको दरले ८ जनाको लागि विज्ञापन गरेको छ ।

यस कार्यक्रममा सहभागि हुन इच्छुक उम्मेदवारले २१ दिन भित्र आवेदन दिनुपर्ने छ। यस सम्बन्धी विस्तृत सुचना सामाजिक विकास मन्त्रालय को वेवसाइट www.mosd.p3.gov.np मा हेर्न सकिनेछ।

आवेदन फारम र सूचनाको लागि यहाँ क्लिक गर्नुहोस्

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०